नवलपरासी दुर्घटनामा ७ को मृत्यु, ५ घाइते

असोज १, परासी-नवलपरासीको तूलसिपूरमा आज भएको दुर्घटनामा ७ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । आज दिउसो बस, एम्बुलेन्स र मोटरसाइकल एकआपसमा ठोक्किँदा चार जनाको घटनास्थमानै र्मत्यु भएको थियो भने अन्यको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय नवलपरासीले जनाएको छ । प्रहरीका अनुसार ना ५ ख २१८३ नम्बरको बस, लू १ च ३७३० नम्बरको एम्बूलेन्स र लू ५ख ६४९४ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएको हो ।

घाइतेहरुको सरामनगर सामूदायिक अस्पताल भूमइमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । मृतक मध्ये ६ महिला र एक पुरुष छन् । एम्बुलेन्समा सवार तीनै जनाको मृत्यु भएको छ । रुपन्देहीका सविरुन मियाँ फकिर, महरुन निसा फकिर र साहिरानी साह भारतमा उपचार गरेर एम्बुलेन्समा फर्किने क्रममा दुर्घटनामा परेका थिए ।

उनीहरु तीनै जनाको मृत्यु भएको छ । यस्तै नवलपरासी रामग्राम ३ फुलेश्वर पासी र रुपन्देहीका हुसेन मियाको पनि मृत्यु भएको छ । दुई जनाको भने सनाखत हुन सकेको छैन । गम्भीर घाइते मध्ये एक जनाको देवदह मेडिकल कलेज रुपन्देही र चार जनाको लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।