कमल थापाका पार्टि कार्यालय कब्जा

असोज १, काठमाडौं –  राप्रपा नेपालमा फेरि विबाद चुलिएको छ । आन्तरिक विबादका कारण प्रष्ट दुइ खेमा बाँडिएको राप्रपाको दुईवटा जिल्ला कार्यालयलाइ पदमसुन्दर लावती पक्षले कब्जा गरेर हो । कब्जा गरिएका पाँचथर र ताप्लेजुङ जिल्लका पार्टि कार्यालयलाई लावती समुहले आफ्नो सम्पर्क कार्यालय बनाएको इमेलखबरलाई जानकारी पा्रप्त भएको छ । यसैबिच, पछिल्लो समय असन्तुष्ट पक्षले कमल थापाविरुद्ध समानान्तर कमिटी समेत बनाउदैछन । असन्तुष्ट लावती पक्षले असोज ३ र ४ गते राजधानीमा गर्ने भनेको राष्ट«िय कार्यकर्ता भेला स्थगित भएको जानकारी आएको छ । स्थगित गरिएको भेला मंसिर ५ र ६ गते गर्ने लावती समुहका एक नेताले बताए ।