चाडपर्व विशेष सुरक्षा योजना लागू

असोज १, काठमाडौं– नेपाली हिन्दुहरुको महान पर्ब बडादसैं र तिहारलाई मध्यनजर गर्दै राजधानीमा बिषेश सुरक्षा ब्यवस्था लागु गरिएको छ । चाँडपर्बका बेला हुने आपराधिक द्धटनालाई न्युनिकरण गर्न काठमाडौं महानगरीय प्रहरीले आजबाट लागु हुने गरि चाडपर्व विशेष सुरक्षा योजना लागू गरेको हो ।
काठमाडौं उपत्यका भरी नै दशैं, तिहार, छठ तथा इद पर्वका बेलामा हुने त्यस्ता चोरी डकैती, लुटपाट , चन्दाआतंक, झैझगडा लगाएत अन्य आपराधिक घटना नहुन भन्नका लागि बिशेष सुरक्षा योजना लागू गरिएको महानगरीय प्रहरीले जनाएको छ । यस्ता आपराधिक घटना हुन नदिन उपत्यकाभरी नैं २४ सै घण्टा साता र पोसाक लगाएका सुरक्षाकर्मी परिचालन गरिने छन ।