संविधानसभामा संवाद समितीको प्रतिवेदनमा छलफल हुने

असोज १, काठमाडौँ-संवैधानिक राजनीतिक संवाद तथा सहमतिको प्रतिवेदनको सहमति र असहमतिको बुँदाम आज पनि छलफल हुने भएको छ ।  संविधानसभामा छलफल गरिसकेपछि सहमति भएका बिषयलाई मस्यौदा समितिमा मस्यौदाका लागि पठाईने छ भने विमतिका विषयलाई सहमति जुटाउनका लागि फेरी संवाद समितिमै पठाउने तयारी भईरहेको संसद सचिवालयका प्रवत्ता मुकुन्द शर्माले जानकारी दिए । यसअघिको बैठक एमाओवादीका अपाध्यको सम्झनामा श्रद्धाञ्जली अर्पणका लागी स्थगित गरिएको थियो ।

यसैबीच  व्यवस्थापिका संसदको आजको बैठकमा एकीकृत माओवदी नेता पोष्टबहादुर बोगटीको निधनको शोक प्रस्ताव पारिद गरिने भएको  छ । विपक्षी दलको अवरोधका कारण संसद बैठक लगातार अवरुद्ध भइरहेको  छ । आजको बैठक साँझ ५ बजेका लागी बोलाइएको  छ ।