आज विश्वकर्मा पुजा गरि मनाइँदै

असोज १, काठमाडौँ-आज विश्वकर्मा पुजा गरी मनाइदैछ ।  मुलुकभर रहेका उद्योग कलकारखानाहरूका मेसिन तथा फलामको पुजा गरी बिश्वकर्माको पुजा गरि मनाईदैछ । विशेष गरी यस दिन मजदुरहरूले धातुबाट बनेका उपकरणको पुजा गरि धुमधामसंग मनाउँदैछन । यस दिन सवारी साधन मेसिनहरुको पुजा गर्नुका साथै उद्योगहरुमा पुजा गरि भ्रमण गराउने तथा प्रसाद ग्रहण गराउने चलन रहेको छ ।

यो दिन औद्योगिक क्षेत्रमा काम गर्ने मजदुरहरूलाई बिदा दिने चलन समेत रहेको छ । विश्वकर्माको पूजा गरेपछि बर्षभरि कुनै अप्रिय घटनाहरू नहुन भनेर यस दिन मेसिनहरूको पूजा गर्ने चलन रहेको छ । आज मुलुकका विभिन्न भागमा रहेका उद्योग तथा कारखानामा विहानैबाट मजदुरले ध्वजा पतकाहरू सजाएर उत्साहपूर्वक विश्वकर्माको पूजा गरिरहेका छन् ।