पहिरोले घर पुर्दा एकै परिवारका ३ को मृत्यु

भदौ ३१, रोल्पा-गएरातीको अविरल वर्र्षाासँंगै आएको पहिरोले रोल्पामा एक घर पुर्दा ३ जनाको मृत्यु  भएको  छ । पश्चिम रोल्पाको जुगाँर ५ खानिखोलामा घर माथिबाट आएको पहिरोले जित बहादुर पुनको घर पुर्दा ३९ वर्षका जित बहादुर पुन उनकी श्रीमती कृष्णकला पुन र छोरी बिपना पुनको ज्यान गएको हो । २५ मिटर माथिबाट आएको पहिरोले घरको एकापट्टीको भाग भत्काउदा ५ वटा बाख्रा समेत मरेका छन । अर्काे कोठामा सुतिरहेका कान्छा छोरा भने सकुसल रहेको स्थानियबासी लोक बहादुर खड्काले जानकारी दिए ।