शिक्षण अस्पतालमा दिनभर तनाब

भदौ ३१, काठमाडौँ-काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिषण अस्पतालमा सुत्केरी महिलाको मृत्यु भएको विषयलाई लिएर आफन्तले अस्पताल तोडफोड गरेका छन् ।   बनस्थली ढुंगेधारा बस्ने कास्कीको पोखरा–१५ घर भएकी २४ वर्षिया  सुत्केरी महिला धरना तामाङको उपचारका क्रममा  मृत्यु भएपछि आफन्तले चिकित्सकको लापरवाहीले मृत्यु भएको भन्दै तोडफोडमा उत्रिएका हुन् । तोडफोडबाट अस्पतालको डाइलोसिस भवनको तेश्रो  तल्लामा क्षति पुगेको प्रहरी निरीक्षक प्रकाश सापकोटाले जानकारी दिनुभयो । गत भदौ १५ गते शल्यक्रिया गरिएकी महिला धरनाको उपचारकै क्रममा  हिजो राती मृत्यु भएको हो । मृतकका आफन्तले चिकित्सकको लापर्वाहीको कारण सुत्केरी महिलाको मृत्यु भएको आरोप लगाएका छन् भने अस्पतालले महिलाको किड्नी फेल भएर ज्यान गएको जनाएको छ ।