सर्वपक्षीय सम्मेलन कुहीरोको काग हुने छाँट

भदौ ३१, काठमाडौँ-संविधानसभा भंग गरी सर्वपक्षीय राजनीतिक सम्मेलनको माग गर्दै आएको  नेकपा माओवादी नेर्ततवको मोर्चाले गर्ने भनेको  सर्वपक्षीय राजनीतिक  सम्मेलन अन्योलमा पर्ने सम्भावना बढेर गएको छ। माओवादीले अन्तिम समयमा आएर सर्वपक्षीय सम्मेलनमा भाग नलिने घोषणा गरेसँगै सर्वपक्षीय को छ। आज बिहान प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा मओवादी र  प्रमुख तीन दलबिच भएको छलफलपछि माओवादी यस्तो निर्णयमा पुगेको प्रवक्ता पम्फा भुषालले बताइन् । यसैबिच  कांग्रेस, एमालेले अन्तिम समयमा आएर माओवादीले यसो गर्नुलाई सुनियोजित भनेका छन् ।यसैबिच  मोहन वैद्य नेतृत्वको नेकपा माओवादीले सम्मेलन अघि प्रमुख दलसँग सहमति नभएको भन्दै सम्मेलनमा भाग नलिने भएपछि अरु दल पनि यसका लागि उत्साहित देखिएका छैनन्। आज एमाओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको एमाओवादी पनि सम्मेलन नगर्ने पक्षमा पुगेपछि सर्वपक्षीय सम्मेलन अनिश्चित बनेको हो। अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा आज बिहान ९ बजेदेखि सम्मेलन तय गरिएको थियो। संविधान सभामा भएका र नभएका गरि ५१ दल सहभागी हुने अनुमान गरिएको थियो।