महिला फुटबलमा आज पनि दुई खेल हुने

भदौ ३१ काठमाडौँ-चितवनमा सोमबार देखि सुरु भएको महिला लिग राष्ट्रिय फुटबल प्रतियोगिता आज पनि दुई खेल हुँदैछन । पहीलो खेलमा दिउँसो सााढे १ बजे आर्मी र पश्चिमाञ्चल भिड्नेछन ।  यस्तै दास्रो खेलमा सशस्त्र प्रहरीको एपिएफ र सुदुरपश्चिमाञ्चलले प्रतिस्पर्धा गर्नेछन । दोस्रो खेल भने साँढे ३ बजे हुनेछ । अखिल नेपाल फुटवल संघको वार्षिक कार्यक्रमअनुसार चितवन जिल्ला फुटवल संघको आयोजनामा प्रतियोगिता हिजोबाट सुरु भएको हो ।
प्रतियोगितामा हिजो साविक विजेता नेपाल पुलिस र  मध्यमाञ्चलले विजयी सुरुवात गरेका थिए । प्रतियोगितामा तीन विभागीय टीम र पाँच विकास क्षेत्रका पाँचवटा टीम गरी आठ टिमले सहभागिता जनाएका छन । प्रतियोगिताको विजेताले नगद २ लाख तथा उपविजेताले नगद १ लाख पुरस्कार पाउनेछन ।