विद्यार्थी नेता सापकोटाको जीवन रक्षाको माग

भदौ ३१, काठमाडौ-लामो समय देखि मिती तोकीदै स्थगित हुदै आएको नेवि संघको महाधिवेशन तत्काल गराउन माग राख्दै आमरण अनसनमा बसेका विद्यार्थी नेता गणेश सापकोटाकी श्रीमती गौरी पौडेलले श्रीमानको जीवन बचाउन माग गरेकी छिन् । गत २८  गते विहान महाधिवेशन स्थगित भए लगत्तै आमरण अनशन थालेका सापकोटाको स्वास्थ्य अवस्था बिग्रदै गएपछि श्रीमती सापकोटाको जीवन रक्षाको माग गरेकी हुन् । उनले आज एक अपिल निकालेर उनले संगठनको आन्तरिक लोकतन्त्र सुदृढ पार्न नेवि संघको केन्द्रिय सदस्यबाट राजिनामा दिएर आज आमरण अनशन मार्फत जीवन र मृत्युको दोसाधमा आफ्ना श्रीमानको अवस्था पु¥याउनु अत्यन्तै दुखदायी भएको उल्लेख गरेकी छिन् । ‘लोकतन्त्रको पाठ सिकाउने कांग्रेस पार्टी र यसका भातृ संगठनमा आज आन्तरिक लोकतन्त्रको हरण भएको देख्दा दुःख लागेको छ,’ उनले अपिल मार्फत भनेकी छिन् । उनले अनशनकारीको माग तत्काल सम्बोधन गरी उनीहरुको जीवन रक्षा गरिदिन सम्बन्धित पक्षलाई माग राखेकी छिन् । नेता सापकोटा, केन्द्रिय क्याम्पस किर्तिपुरका पूर्व सभापति शंकर पौडेल लगायतका विद्यार्थी चार दिन देखि कांग्रेसको पार्टी कार्यालय परिसरमा आमरण अनसनमा छन् ।