शीर्ष ४ दलहरुको बैठक निष्कर्ष बिहिन, छुट्टा छुट्टै बैठक बस्दै

भदौ ३१, काठमाडौ-आज हुने भनिएको सर्वदलिय राजनैतिक सम्मेलनका एजेण्डा तय गर्न  बालुवाटारमा बसेको ४ राजनीतिक दलहरुको बैठक निष्कर्ष बिहिन बनेको  छ । केही बेर अघि सम्पज्ज बैठकलले सर्वपक्षीय बैठक आज बस्ने भएपनि त्यस पुर्व सक्तासाझेदार र माओवादीको छुट्टा छुट्टै बैठक बस्ने कार्यदलका सदस्य एवं एमाओवादी नेता खिमलाल दोवकोटाले जानकारी दिनुभयो ।

हिजोराति अबेर सम्म बसेको बैठकले एजेण्डाको टुंगो लगाउन नसकेपछि आज शिर्ष नेताहरु सहितको बैठक बसेको थियो । बैडकले सम्मेलनको मुख्य एजेण्डा मै कांग्रेस, एमाले, एकिकृत माओवादी र नेकपा माओवादीबिच विवाद रहेको देवकोटाले बताउनुभयो । सर्वपक्षीय सम्मेलन आजै हुने भएपनि समय भने तोकीएको छैन ।
वैद्य माओवादीले राष्ट्रिय राजनैतिक मुद्धा र शान्ति प्रकृयासंग सम्बन्धित मुद्धामा पहिले सहमति गरेर मात्रै संविधानका अन्तरवस्तुमा छलफल गर्न सकिने अडान लिएको छ । नेपाली कांग्रेस र एमालेले भने सर्वदलिय सम्मेलनमा अहिले संविधानका अन्तरवस्तुमा मात्रै छलफल हुने बताएपछि एजेण्डामा कुरा नमिलेको हो ।  प्रमुख चार राजनीतिक दलको सहमति तथा नेपाल सरकारको आयोजनामा हुने राजनीतिक सम्मेलनमा संविधानसभा भित्र रहेका र बाहिर रहेका दलका प्रतिनिधि सहभागि हुनेछन् ।

 सम्मेलनमा नेपाली काँग्रेस, नेकपा (एमाले), एकीकृत नेकपा(माओवादी) पाँच पाँच र अन्य दलबाट एक एक प्रतिनिधिको सहभागिता रहने तय भएको छ ।  नेकपा माओवादीबाट भने सम्मेलनमा अध्यक्ष मोहोन बैद्यको नेतृत्वमा ६ जना सहभागि हुने भएका छ । संविधानसभा भित्रका ३१ र बहिराको ४१ दल सहभागि हुनेछन् ।  संविधानसभाको चौथो दल राष्ट्रिय प्रजातन्त्र पार्टि नेपालले सम्मेलन बहिष्कार गर्ने घोषणा गरेको छ ।