तराईमा जितिया पर्व मनाईंदै

भदौ ३१, काठमाडौँ-तराईका बिभिन्न ठाउँमा आज जितिया पर्व मनाईंदैछ । मैथिली र थारु समुदायका महिलाले विशेष रुपमा मनाउने जितियाको मुख्य विधि भने सोमबारदेखि नै सुरु भएको छ । आज यो पषर्् मनाउने  महिलाले उपवास र प्राचीन प्रक्रिया अनुरुप पूजा गर्ने गर्दछन् । शाकाहारीले बिहानै नुहाएर गम्हरी अर्थात कोसाभित्रै फल्ने धानको खीर वा भात पनि खाने चलन छ । व्रतालुले नजिकको पोखरी, तलाउमा नुहाई भगवान् सूर्यलाई अर्घ अर्पण गर्छन् । पतिको सुखशान्तिको कामना गर्दै निराहार बसी तीन दिनसम्म यो पर्व मनाउने परम्परा  छ ।