काँग्रेसको रिक्त केन्द्रीय सदस्यमा मनोनयन

भदौ ३०, काठमाडौँ -नेपाली काँग्रेस केन्द्रीय समितिको कार्यकाल सकिने बेलामा रिक्त केन्द्रीय सदस्य पदमा सभापति सुशील कोइरालाले मनोनयन गरेका छन् । काँग्रसर्को को १२औँ महाधिवेशनपछि निर्वाचित कार्यसमितिमा रिक्त सदस्यमा पार्टीको विधानको परिच्छेद–५ को धारा २१ (ठ) अनुसार पार्टी सभापतिको हैसियतले उक्त मनोनयन गरिएको सभापति कोइरालाद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । मनोनयन हुनेमा दीनबन्धु श्रेष्ठ (जुम्ला), श्याम घिमिरे (महोत्तरी), गोविन्द भट्टराई (तनहुँ), गुरु घिमिरे (मोरङ) र प्रदीप पौडेल (तनहुँ) रहनुभएको छ । त्यस्तै परिच्छेद–५ को धारा २१ (ज) अनुसार रिक्त केन्द्रीय सदस्यमा प्रतापराम लोहार (कञ्चनपुर) लाई मनोनयन गरिएको छ ।  त्यसैगरी, पार्टीको विधान र नियमावलीको परिच्छेद ११ को धारा ४९ (२) अनुसार काँग्रेसको आमन्त्रित केन्द्रीय सदस्यमा यज्ञराज जोशी (कञ्चनपुर), दिलकुमारी राई (सुनसरी), भोला चौधरी (धनुषा), केशव सिंह (डडेल्धुरा), महेन्द्र शर्मा (बर्दिया) र कल्याण गुरुङ (महोत्तरी) लाई मनोनयन गरिएको छ ।