डा. राउत विरुद्ध सार्वजनिक मुद्दा

भदौ ३०,मोरङ- मधेसले मुलुकबाट अलग राज्य बन्न सक्नेसम्मको अधिकार पाउनुपर्ने भन्दै अभियान चलाउँदै आएका सिके राउतलाई मोरङ प्रहरीले सार्वजनिक मुद्दा चलाएको छ । राष्ट्रविरोधी गतिविधि गरेको आरोपमा ऊ विरुद्ध सार्वजनिक मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए ,। मोरङको सोराभाग छेउमा आयोजित ग्रामीण भेला कार्यक्रमलाई सम्बोधन गरी फर्किरहेका राउतलाई शनिबार साँझ मोरङ प्रहरीले पक्राउ गरेको थियो ।