माओवादीले पिटिए सम्झौताको प्रति जलायो

भदौ २७, काठमाडौँ-सरकारले भारतसँग गर्न लागेको विद्युत् व्यापार सम्झौता (पिटिए)को विरोधमा आन्दोलनरत नेकपा–माओवादीसहित विभिन्न राजनीतिक दलले आज सम्झौताका प्रति जलाएका छन् ।  बैद्य नेर्तत्वको माओवादीले संहदरबारको दक्षिण ढोका नजिकै धर्ना दिँदै सम्झौताका प्रति जलाएको श्रोतले जनाएको छ । धर्ना कार्यक्रममा आन्दोलनरत विभिन्न राजनीतिक दलका नेताहरूले सम्बोधन गर्दै पिटिए सम्झौता राष्ट्रहित विपरीत भएको भन्दै सो सम्झौता गरिए सशक्त आन्दोलन गर्ने चेतावनी दिएका थिए । उनीहरूले विश्वकै सबैभन्दा सस्तो विद्युत् आयोजना माथिल्लो कर्णाली आयोजना नेपाल सरकारले आफैँ बनाउनुपर्नेमा जोड दिँदै भारतलाई सो आयोजना बनाउन दिन नहुने बताएका थिए । माओवादीका प्रवक्ता पम्फा भुसालले विभिन्न ४७ दलको सर्वदलीय बैठकको भदौ २१ गतेको निर्णयअनुरुप आज सिंहदरबार अगाडि धर्ना दिइएको बताइन् ।