सर्वपक्षीय राजनीतिक सभा भदौ ३१ गते हुने

भदौ २७, काठमाडौँ-शीर्ष तीन दल नेपाली काँगे्रस, नेकपा एमाले र एमाओवादी तथा नेकपा माओवादीबिच सर्वपक्षीय राजनीतिक सभाको आयोजना गर्ने बारे सहमती भएको  छ । यसअघि सम्मेलन कहिले बोलाउने विषयमा विवाद भएपनि शीर्ष तीन दल र संविधानसभा बाहिर रहको माओवादी बिच ंसंविधान नर्माण प्रक्रियालाई सहज बनाउन भन्दै भदौ ३१ गते सर्वपक्षीय राजनीतिक सभा गर्ने सहमति भएको एमाओवादीका प्रवक्ता दिननाथ शर्माले जानकारी दिए ।

नेकपा–माओवादीले माग गर्दै आएको सर्वदलीयय राजनीतिक सम्मेलन बारे दलहरुबीच आज सहमति भएको हो । भदौ ३१ गते बिहान ९ बजे सर्वपक्षीय राजनीतिक सभा संविधानसभा भवन नयाँ बानेश्वरमा हुने तयारी छ ।  आज बसेको नेपाली कांग्रेस, नेकपा एमाले एकीकृत नेकपा माओवादी र माओवादीको कार्यदलले मितिको टुङ्गो लगाएको हो । एमाओवादी प्रवक्ता शर्माका अनुसार सम्मेलनमा संविधानसभा रहेका सबै दलको सहभागिता रहने छ । संविधानसभा बाहिर रहेका नेकपा–माओवादी सहित अन्य कुन कुन दललाई सम्मेलनमा बोलाउने बारे भोलि भने धोली मात्र टुङ्गो लाग्ने एमाले उपाध्यक्ष भिम रावलले जानकारी दिए ।