संविधानसभाको कार्यतालिका प्रभावित हुन्न: नेम्वाङ

भदौ २६, काठमाडौँ-संविधानसभाका अध्यक्ष सुवास चन्द्र नेम्वाङले संविधानसभाको कार्यतालिका फेरबदल नहुने बताएका छन् । बिहिबार राजधानीमा आयोजीत क्यान सफ्टेक मेलाको उद्घाटन गर्दै सभाअध्यक्ष नेम्वाङले कार्यतालीकामा सामान्य हेरफेर भएपनि माघ ८ गते संविधान जारी हुने कार्यतालिकामा कुनै फेरबदल नहुने प्रस्ट पारेका छन् । माघ ८ गते नै संविधान जारी गर्न सरकार र राजनितिक दल प्रतिबद्ध रहेकाले कार्यतालिका नफेरिने उनको निचोड थियो । अध्यक्ष नेम्वाङले बिवादित बिषयहरुमा तत्काल सहमति नभएको भएपनि अब छिटै सहमति हुने र जनतालाई विश्वस्त हुन समेत आग्रह गरेका छन् ।