फिलिपिन्समा झडप सातको मृत्यु

भदौ २६, काठमाडौँ-दक्षिण फिलिपिन्समा सरकारी सैनिक र आतङ्ककारी समूह बाङ्गसामोरो इस्लामिक फ्रिडम फाइटर (विआइएफएफ) बीच बिहीबार भएको झडपमा कम्तीमा सात व्यक्तिको मृत्यु भएको छ । प्रान्तीय प्रहरी कमाण्डर वरिष्ठ निरीक्षक डानीलो पेराल्टाले यस झडपमा दुई सैनिक र पाँच विआइएफएफका सदस्यको मृत्यु भएको बताएका छन् । । उत्तर कोटाबाटो प्रान्तको मिद्सायाप सहरको पोलुनुजेन र बलिको गाउँमा बुधबार राति विद्रोहीहरूको समूहले सैनिक र सैनिक टुकडीमाथि आक्रमण गर्दा दुई सैनिक र पाँच विद्रोहीको मृत्यु भएको बताइएको छ । विआइएफएफका प्रवक्ताले यस आक्रमणमा आफ्नु समूहको हात रहेको दावी गरेका छन् । विआइएफएफका इस्लामिक फ्रिडम मोभमेन्टको एक सशस्त्र सञ्जाल भएको बताइएको छ ।  विआइएफएफ मोरो इस्लामिक लिवरेसन फ्रन्टबाट टुक्रिएको सशस्त्र समूह भएको जनाइएको छ ।