चुरे अध्ययन र संरक्षण गर्न चार उपसमिति गठन

भदौ २६, काठमाडौँ-व्यवस्थापिका–संसद अन्तर्गतको वातावरण संरक्षण समितिले चुरे संरक्षणको सन्दर्भमा ढुङ्गा, बालुवा, गिट्टी, रोडा उत्खनन् तथा सङ्कलनका विषयमा अध्ययन गर्न ४ उपसमिति गठन गरेको छ ।  आज बसेको समिति बैठकले यस बिषयमा अध्ययन गरि सरकारलाई आवश्यक सुझाव दिन उपसमिति गठन गरेको हो ।  उपसमितिमा रहनेहरुको नामावली दलीय आधारमा तय हुने समितिका सभापति जनकराज चौधरीले जानकारी दिए । समितिको बैठकमा वन तथा भू–संरक्षण मन्त्री महेश आचार्यले तराई, मधेश र चुरे क्षेत्रलाई समुदायमा आधारित भई सरकारले संरक्षण गर्ने नीति लिएको बताउनुभयो । उहाँले संरक्षण गर्ने उद्देश्यले ती क्षेत्रबाट ढुङ्गा, बालुवा, गिट्टी, रोडा उत्खनन् तथा सङ्कलनका कार्य बन्द गरिएको बताए । बैठकमा राष्ट्रपति तराई मधेश चुरे संरक्षण विकास समितिका अध्यक्ष रामेश्वर खनालले चुरे संरक्षणका लागि ती क्षेत्रका जनताको चाहनाअनुरुप समितिले काम गर्नेछ ।