व्यवस्थापिका संसदको बैठक पाँचौ पटक अवरुद्ध

भदौ २६, काठमाडौँ-व्यबस्थापिका संसदको बैठक प्रमुख प्रतिपक्षी एमाओवादी लगायत विपक्षी दलहरुको अवरोधका कारण लगातार पाँचौं पटक पनि अवरुद्ध भएको छ । संविधानसभा भवन नयाँवानेश्वरमा आज संसदको बैठक सुरु भएपछि तमलोपा संसदीय दलका नेता सर्वेन्द्रनाथ शुक्लाले चारबुँदे सहमति र बजेटबारे गरिएको प्रतिवद्धता कार्यान्वयन ननभएको भन्दै सदनमा अवरोध जारी राख्नु आफूहरुको बाध्यता भएको बताएका छन् ।  त्यसलगतै विपक्षी दलका सभासदहरुले उठेर विरोध जनाएका थिए । बिपक्षी दलका सभासदहरुले बिरोध जनाउनेक्रम जारी रहेपछि सभामुख सुवासचन्द्र नेम्वाङले भोलि दिउँसो ३ बजेसम्मका लागि संसद बैठक स्थगित भएको घोषणा गरेका छन् ।