सर्वपक्षीय भेलाको मिति तोक्न बसेको बैठक निश्कर्ष विहिन

भदौ २६, काठमाडौँ-सर्वपक्षीय राष्ट्रिय राजनीतिक भेला आयोजना गर्ने बारेमा छलफल गर्न आज बसेको प्रमुख तीन दल र नेकपा–माओवादीका शीर्ष नेताहरुबीच भएको छलफल निश्कर्षविहीन भएको छ । प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बसेको चार दलको बैठकले पनि राजनीतिकसभाको मिति बारेमा सहमति जुटाउन नसकी निष्कर्स निकाल्न नसकी उठेको थियो ।  प्रधानमन्त्री सुशील कोइरालाको अमेरिका भ्रमण अघि नै सर्वपक्षीय छलफल गर्नुपर्ने काङ्ग्रेस–एमालेको प्रस्ताव नेकपा–माओवादीले अस्वीकार गरेको छ । भदौ अन्त्य सम्ममा सर्वपक्षीय सभा गर्नुपर्ने आफूहरुको प्रस्ताव नेकपा–माओवादीका नेताहरुले अस्वीकार गरेको एमाले नेर्त विद्या भण्डारीले जानकारी दिइन् । बैठकमा नेकपा–माओवादीले आफूहरुको पार्टीको व्यस्तताले गर्दा असोज १ भित्र राजनीतिकसभाको मिति उपयुक्त नहुनेभन्दै असोज २ गते सभा गर्न प्रस्ताव गरेको थियो । शीर्ष नेताहरुको सहभागितामा बसेको बैठकमा सहमति हुन नसकेपछि सभाको मिति, एजेण्डा लगायतका बिषयमा टुङ्गो लागाउने जिम्मा फेरि कार्यदललाई दिइएको छ । चारै दलबाट दुईदुई जना नेता सम्मिलित कार्यदलले यसअघि तीन चरणमा छलफल गरे पनि सहमति जुटाउन सकेको थिएन ।