एएफसी यु १६ मा नेपाल र उत्तरकोरिया भिड्दै

भदौ २६, काठमाडौँ-नेपाली किशोर टिमले एएफसी यु १६ च्याम्पियनशिपमा नकआउट प्रवेशको निर्णयक खेलमा उत्तरकोरिया विरुद्ध आज बैँककमा प्रतिस्पर्धा गर्दैछ ।  नेपालले आजको खेलको हार टार्न सके क्वाटर फाइनल पुग्ने पक्का पक्की  छ   । समुह सि मा नेपाल उज्वेकिस्तानसँग ४ ४ तथा उत्तर कोरीयाले ३ अंक जोडेका थिए ।  दवै खेल हारेको कुवेत शुन्यमा छ । पहिलो खेलमा डिफेन्डिङ चम्पिियन उज्वेकिस्तानसँग १ १ को बराबरी खेल्दै अंक बाँडेको  नेपालले दाश्रोमा कुवेतलाई २ १ ले पराजित गरेको थियो । त्यसैले आज नेपालले ४ बर्ष अघिको च्याम्पियन उत्तर कोरियाविरुद्ध जित वा बराबरी नतिजा निकाल्न सके अन्तिम आठमा पुग्न प्रयाप्त हुनेछ । यदि कोरिया विरुद्ध नेपाल पराजित भए उज्वेकिसतान कुवेतको नतिजामा नेपालको भाग्ष् निर्धारण हुनेछ ।