कान्तिपुर बयान आजदेखि

भदौ २६,काठमाडौँ-सवोच्च अदालतले जारी गरेको आदेशअनुसार कान्तिपुर पब्लिकेशनसँग आज बयान लिइने भएको  छ । बयानमा पब्लिकेशनका अध्यक्ष कैलाश सिरोहिया, निर्देशक स्वस्तिका सिरोहिया, प्रधान सम्पादक सुधीर शर्मा र उपसम्पादक घनश्याम खड्का इजलासमा उपस्थित हुनेछन् । बयानका लागी कान्तिपुरकर्मी हिजो नै अदालतमा उपस्थित भएपनि सर्वौच्चले  इजालस गठनमा समय नपुगेको भन्दै आजका लागी तारेख दिएको थियो ।