माग सुनुवाइ नभए आत्मदाह गर्ने चेतावनी

भदौ २६, काठमाडौं– आफ्ना माग पुरा गर्नका लागि सम्बन्धित निकायलाई राजधानीका फुटपाथ व्यवसायीहरुले दिएको म्याद आज सकिदैछ । आफुले गर्दै आएको यथास्थानमा व्यापार व्यवसाय गर्न पाउनु पर्ने भन्दै संयुक्त स्वरोजगार व्यापार व्यवसायी समाजले हिजो राजधानीमा पत्रकार सम्मेलन गरि आफ्ना मागहरु भादौ २६ गते अर्थात आजसम्म पुरा नगरे आत्मदाहसम्मको आन्दोलनमा जाने चेतावनी दिएका थिए । नजिकिदै गरेको दशैं, तिहार र छठ पर्वका लागि तत्काल यथास्थानमा व्यापार व्यवसाय गर्न नपाए आफुहरु शसतm आन्दोलनमा उत्रने फुटपात व्यवसायीको चेतावनी छ । काम गरेर खान पाउने आफ्नो अधिकारलाइ राज्यले पटक पटक खोस्दै र लखेट्दै गरेको उनिहरुको भनाइ छ । स्वरोजगार व्यवसायीहरुलाई कानुनको छुट्टै व्यवस्था गर्नुपर्ने, सम्पर्णँ व्यवसायीलाई परिचयपत्र लागू गर्नुपर्ने, वैकल्पिक स्थानको व्यवस्था गरिनुपर्ने लगायतका ११ बुँदे आफ्ना मागहरु रहेको समाजका अध्यक्ष सुजन गिरीले बताए । सरकारले आफुहरुसंग पटक–पटक वार्ता गरेको भएपनि झूठा आश्वासन मात्रै दिएको गिरीको गुनासो छ । राजधानीका सडक र आकासे पुल लगाएत बिभिन्न ठाँउमा फुटपात ब्यवसाय हुदै आएको छ । पछिल्लो समय गृहमन्त्रि बामदेव गौतमको ठाडो निर्देशनमा बर्षैदेखि गर्दै आएको फुटपात ब्यवसाय गरिरहेको ठाँउबाट आफुहरुलाइ कुनै विकल्प नदिइ लखटेको उनिहरुको आरोप छ ।