चारबुँदे सहमति माग गर्दै संसद बैठक अवरुद्ध

भदौ २५,काठमाडौँ-गत पुष ९ गते शिर्ष दलबिच भएको  चारबुँदे सहमति कार्यान्वयन, उच्च स्तरीय राजनीीतक संयन्त्रको गठन र अर्थमन्त्रीको प्रतिवद्धता कार्यान्वयनको माग गर्दै विपक्षी दलहरुले आज पनि ब्यवस्थापिका संसदको बैठक अवरुद्ध गरेका छन् । डेढ साता पछि बोलाइएको संसद बैठकमा   विपक्षी दलका तर्फबाट संसदमा बोल्दै फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सहमति कार्यान्वयन गर्न सरकारले आलटाल गरेको बताए  । संविधान निर्माणमा मिलिसकेका कुरामा पनि सत्तारुढ दलका नेताहरुले सहमति विपरित अभिव्यक्ति दिएको यादवको आरोप  छ ।  ४ बुँदे सहमतिमा उच्चस्तरीय राजनीतिक संयन्त्र गठन लगायतका विषय रहेका छन् ।  अवरुद्ध बैठक भोली ३ बजेको लागि बोलाइएको छ ।