मनोमानी नबोल्न आफ्ना सभासदलाई काँग्रेसको निर्देशन

भदौ २३, काठमाडौं –संविधानका निमार्णका बिषयमा मनोमानी ढंगले नबोल्न कंग्रेसले आफ्ना सभासदहरुलाइ आग्रह गरेको छ । संविधानका विवादित विषयमा संविधानसभामा पार्टीको दृष्टिकोण भन्दा फरक विचार आइरहेकाले त्यसरि नबोल्न कंग्रेसले आफना सभासदहरुलाई आग्रह गरेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा कंग्रेसले संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठक बोलाइ पार्टीको पार्टिको बिचार र दृष्टिकोण बुझेर मात्रै बोल्न सभासदहरुलाइ निर्देशन दिइएको बालुवाटार स्रोतले इमेलखबरलाई जानकारी दिए  । बैठकमा संसदीय दलका नेता एवं प्रधानमन्त्री सुशिल कोइरालाले संविधानका सहमति हुन नसकेका विषयमा सबै सभासद्हरुलाई एकै स्वरमा कंग्रेसको दृष्टिकोण राख्नु पर्नेमा जोड दिएका थिए ।  संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले संविधानका सहमति भएका र असहमति कायम रहेका विषयको अलग अलग सूचीसहितको प्रतिवेदन संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई बुझाइ सकएको छ ।  राज्यपुनसंर्रचना, राज्यको शासकीय स्वरुप, निर्वाचन प्रणाली लगाएतका बिषयमा प्रमुख दलहरुबिच सहमति नजुटिरहेका बेला कंग्रेसले आफ्ना सभासदलाई पार्टिको दृष्टिकोण बुझेर मात्रै बोल्न कडाईका साथ निर्देशन दिनुलाइ बिभिन्न कोणबाट हेरिएको छ ।