शिक्षा जीवनोपयोगी हुनु पर्नेमा राष्ट्रपतिको जोड

भदौ २३, काठमाडौं – राष्ट्रपति ड.रामवरण यादवलले नेपालको शिक्षा सान्दभिर्क तथा जीवनोपयोगी हुनु पर्नेमा जोड दिएका छन् । शिक्षामा सबैको  समान पहुच विस्तार गर्न आवश्यक रहेको बताउदै राष्ट्रपति ड.यादवले शिक्षालयलाई विशुद्ध प्राज्ञिक थलोका रुपमा विकसित गर्न सरोकारवालाहरुको सहभागिता आवश्यकता रहेको बताए । ३५ औं राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट«िय साक्षरता दिवसको उपलक्ष्यमा शिक्षा मन्त्रालयद्धारा आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित विभूषण प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति ड. यादवले सो कुरा बताए हुन । २९७ जना विधार्थीलाई विद्याभुषण पदक तथा प्रमाणपत्र प्रदान गर्दै राष्ट्रपति ड.यादवले विश्व समुदाय शिक्षामा निकै अगाढी गईसकेकाले नेपालको शिक्षालाई अझै अन्तराष्ट्रियकरण गर्नमा ठुलो चुनौंती रहेको उनले औल्याए । शिक्षा क्षेत्रमा राज्यको ठुलो लगानी रहेकाले आफूले आर्जन गरेका ज्ञान र सीपलाई देश निमार्णमा खर्चिन उनले सबैमा आग्रह समेत गरे ।
यसैबिच, राष्ट्रपति कार्यलय सितल निवासमा नेपाल भूषण पदक थाप्ने बिषयमा नाराबाजी भएको छ । पदक वितरण समारोह व्यवस्थिात नभएको भन्दै पदक थाप्न पुगेका बिधार्थीहरुले विहान राष्ट्रपति कार्यालयमा नाराबाजी गरेका हुन् ।