अरनिको र कोदारी राजमार्ग अबरुद्ध

भदौ, २३ सिन्धुपाल्चोक– अरनिको राजमार्ग र कोदारी राजमार्ग अबरुद्ध भएको छ । सिन्धुपाल्चोकको राम्चेमा गएको पहिरोले थुनेको सुनकोशी नदीको ताल हिजो बिहान उक्कासी फुट्दा यी  राजमार्ग अबरुद्ध भएका हुन । थुनिएको ताल एक्कासी फुटेपछि तिर्बरुपमा बहेको पानिले राजमार्गको विभिन्न ठाउमा सडक भत्किएको छ । ठाँउ ठाउमा सडक भत्किएका कारण यातायातका साधनहरु चलन सकेका छैन्न । अरनिको राजमार्गको अबरुद्ध भएपछि पूर्व ओखलढुंगासम्म जाने यातायात ठप्प भएको छ । राजधानीबाट सिन्धुपाल्चोक,दोलखा,रामेछाप, ओखलढुंगा लगातका ठाृमा जान हिडेका सयौ यात्रीहरु बिचबाटोमा अलपत्र परेका छन् । आज बिहानैबाट अबरुद्ध सडक बेलुकीसम्म सूचारु गर्ने प्रयास भैरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ४० दिन अघि सिन्धुपाल्चोकको राम्चे र जिरेमा आएको पहिरोले थुनिएको ताल एक्कासी फुटेपटि त्यस क्षेत्रमा थुर्पै क्षति भएको छ ।