आज ११ औ निजामति सेवा दिवस मनाइदै

भदौ २२, काठमाडौँ-आज निजामति सेवा दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । ‘निजामति सेवाको मान्यता, अनुशासन, इमान्दार र नैतिकता’ भन्ने नाराका साथ दिवस मनाउन लागिएको हो । दिवसको अवसरमा निजामति कर्मचारीहरुले विभिन्न कार्यक्रम आयोजना गर्दैछन् । उनीहरुले आज विहान काठमाण्डौंमा प्रभात फेरी समेत निकालेका छन् । यस्तै हरेक वर्ष १० जनालाई प्रदान गरिने उत्कृठ निजामति पुरस्कार, ३० जनालाई निजामति सेवा पुरस्कार पनि आजै प्रधान गरिने छ भने ३७ जना पुर्व कर्मचारीहरुलाई सम्मान गर्न विशेष कार्यक्रम आयोजना गरिएको सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

उत्कृष्ठ निजामति सेवा पुरस्कार पाउने १० जनालाई जनही १ लाख र निजामती सेवा पुरस्कार पाउनेलाई जनही ५० हजार प्रदान गर्ने गरिन्छ । यस वर्ष अन्य पुरस्कार पाउने कर्मचारीको नाम घोषणा गरिए पनि सर्बोत्कृष्ठ निजामती सेवा पुरस्कार प्राप्त गर्ने कर्मचारीको नाम भने घोषणा गरिएको छैन । सर्बोत्कृष्ठ निजामती सेवा पुस्कारको राशी २ लाख रुपैया रहेको छ । यसअघि २०६१ सालदेखि प्रत्येक वर्ष १ जनालाई यो पुरस्कार प्रदान गर्ने गरिएको थियो ।तत्कालीन सरकारले २०६१ साल भदौ २२ गते पहिलो पटक निजामती सेवा दिवस मनाएपछि हरेक बर्र्ष भदौ २२ गते अनुशासन र सुशासनको नारा सहित यो दिवस मनाईदै आएको छ । दिवसको सन्दर्भमा कर्मचारीहरुले हिजो वागमती नदी सरसइ अभियानमा सहभागिता जनाएका थिए ।