प्रेस युनियनको माहाधिवेसनमा आज नयाँ नेतृत्व चयन हुदै

भदौ २२,पोखरा-नेपाली काँग्रेस निकट पत्रकारहरुको संस्था प्रेस युनियनको पोखरामा जारी आठौँ महाधिवेशन अन्र्तगत आज नयाँ नेतृत्व चयनको लागि मतदान हुदैछ । हिजो उद्घाटन भएको महाधिवेसनको हिजो नै बन्द सत्र शुरु गरी बिधान र संगठानीक प्रतिवेदन पारित भइसकेकोले आज नयाँ नेतृत्व चयन प्रकृया शुरु हुन लागेको हो । निर्वचान कार्यतालिका अनुसार अहिले मनोनयन दर्ताको क्रम चलिरहेको छ । महाधिवेसनले ७१ सदस्सीय कार्यसमिती चयन गर्नेछ ।

नयाँ नेतृत्वका लागि कार्यबहाक अध्यक्ष बद्रि सिग्देल र महासचिब शिव लम्सालल उम्मेदवारी दिने तयारी गर्नु भएको छ । त्यस्तै, वरिष्ठ उपाध्यक्षमा सन्तोष न्यौपाने, दिपक आचार्य, भक्त थापा र प्रकास चन्द्र परियार तथा महासचिवमा होम लम्साल र अजय बाबु शिवाकोटी उम्मेदवारी घोषणा गरेका छन् । यस्तै सचिबमा सुर्यकुमार क्षेत्री, भुमी चापागाई र डम्बर अघिकारीले उमेदवारी दिदै छन् । महाधिवेसनको बन्दसत्रमा पार्षद र पर्यवेक्षक गरी एक हजार दुइ सय ७० जनाको सहभागिता रहेको प्रेस युनियनले जनाएको छ ।