संविधानका सहमति र विमतिसहितको प्रतिवेदन तयार हुँदै

भदौ २२, काठमाडौँ-संविधानसभाको कार्यतालिका अनुसार सहमति गर्न दलहरु असहफल भएपछि अहिलेसम्म भएका सहमति सहितको दस्तावेज संविधानसभामा बुझाइने भएको छ । दलहरुको हिजोको सहमति अनुसार सहमतिको समय सीमा बढाउने विषयमा संविधानसभामा नै छलफल हुनेछ । संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिले अहिलेसम्म भएका सहमतिको खाका संविधानसभामा पेस गर्ने भएको छ ।

समितिको सचिवालयले सहमति र असहमतिका विाषयलाई छुट्याएर प्रतिवेदन बनाउने काम सुरु गरेको  संसद सचिवालयका प्रवक्ता मुकुन्द शर्माले जानकारी दिए । शर्माका अनुसार बिहानैदेखि प्रतिवेदन बनाउने काम सुरु भएको र सम्भव भए आज नभए अर्को दिन संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई बुझाउनेछ ।

संघियता र शासकीय स्वरुपका विषयमा दलहरुबीच विवाद रहेकाले तोकिएको समयसीमा भित्र सहमति गर्न दलहरु असफल रहे । एकीकृत माओवादी र मधेशवादी दल कार्यतालिका परिमार्जन गर्नुपर्ने माग गरेपनि कांगेस एमालेलअस्वीकार गरेकाले दलीय सहमतिबाटै कार्यतालिको समय थप्न सकिएन ।