नेपाल भारत पाइपलाइन वार्ता हुँदै

भदौ २२, काठमाडौँ-पाईपलाईन निर्माणबारे आज नेपाल र भारतका अधिकारीहरुबीच छलफल हुदै छ । भारतीय आयल कर्पोरेसन (आईओसी) का पाइपलाईन प्रमुखसहितको टोलीसँग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा छलफल हुन लागेको हो । छलफल अपरान्ह ३ बजेपछि हुने छ ।

३ दिनसम्म चल्ने छलफलले सहमतीको मस्यौदा तयार पारेपछि वाणिज्य मन्त्रीस्तरीय सम्झौता हुनेछ । छलफलका लागि नेपाल आएको भारतीय टोलीले पाईपलाईन निर्माण हुने स्थानको अवलोकन भ्रमण समेत गर्नेछ ।

नेपाल भ्रमणको क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाईपलाईन निर्माणमा सहयोग गर्ने घोषणा गर्नुभएको थियो । भारत सरकारले २५ बर्षसम्म भारतबाट पेट्रोलियम पदार्थ किन्नुपर्ने सर्तसहित अनुदानमा पाइपलाईन बनाईदिने प्रस्ताव गरेको छ ।