युरोपमा नेपाली कामदार पठाउने तयारी सुरू

भदौ २२,काठमाडौं-नेपालीहरू वैदेशिक रोजगारीका लागि मलेसिया र खाडी मुलुकमा केन्द्रीत रहेकोमा अब युरोप, अमेरिकालगायतका मलुकमा रोजगारीका लागि कामदार पठाउन सरकारले तयारी सुरू गरेको खबर आजको राजधानीमा छापिएको छ।वैदेशिक रोजगारीका लागि गन्तब्य मुलुक पहिचान गर्ने जिम्मा पाएको बैदेशिक रोजगार प्रवर्धन बोर्डले विकसित मुलुकमा नेपालीलाई रोजगारीका लागि पठाउन आवश्यक कार्ययोजना तयार गरिसकेको छ।

बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले विकसित मुलुकमा नेपाली कामदार पठाउने प्रक्रिया सुरु भइसकेको बताउँदै यससम्बन्धी कार्ययोजनालाई बोर्डले अन्तिम रूप दिने तयारी गरेको जानकारी दिए। निकट भविस्यमा नेपालीहरूको गन्तब्य खाडी मुलुकबाट स्थानान्तरण भई नयाँ विकसित मुलुक गन्तब्य हुने उनको भनाई छ।