कार्यदलले औपचारीक रुपमा काम थाल्दै

भदौ २२, काठमाडौँ-संबिधान सभा बाहिरका दलललाई समेत संबिधान निमार्णमा सहमती जुटाउन गर्ने भनिएको राष्ट्रिय राजनीतिक सभाको बिधि, प्रकृया र मिति तय गर्न गठित कार्यदलले आज बाट औपचारीक रुपमा काम थाल्ने भएको छ । आजै समग्र विषयमा छलफल शुरु गरिने एमालेका उपाध्यक्ष एवंम कार्यदलका सदस्य भिम रावल जानकारी दिए । नेता रावलका अनुसार कार्यदलको बैठक साँझ ५ बजे बालुवाटारमा बस्ने छ ।

बैद्य नेतृत्वको नेकपा माओवादीले प्रमुख रुपमा उठाउदै आएको मागलाई सम्बोधन गर्दै प्रमुख ३ दलले गत बिहिबार राष्ट्रिय राजनीतिक सभा गर्न सहमत हुदै त्यसको एजेण्डा र कार्यविधि तयार पार्न चारै दलका सदस्य रहेको ८ दलिय कार्यदल गठन गरेका थिए । कार्यदलमा काँग्रेसका तर्फबाट महामन्त्री कृष्ण प्रसाद सिटौला र नरहरी आचार्य, एमालेका उपाध्यक्ष भिम रावल र अग्नी खरेल, एकीकृत माओवादीका महासचिव कृष्ण बहादुर महरा र खिमलाल देबकोटा, र बैद्य माओवादीका सचिव देब गुरुङ र पंफा भुषाल छन् ।