मन्त्रिको हस्तक्षेपले टेलिकममा तनाब

भदौ २०, काठमाडौं – प्रवन्ध निर्देशक नियुतmीको बिषयलाई लिएर नेपाल टेलिकममा तनाब उत्पन्न भएको छ ।गैरइञ्जिनियरलाई सरकारले नेपाल टेलिकमको प्रवन्ध निर्देशकमा नियुतmी गरेको भन्दै टेलिकमका इञ्जिनियरहरु आन्दोलनमा उत्रिएपछि तनाव उत्पन्न भएको हो । टेलिकम सञ्चालक समितिको अधिकार हरण गर्दै सुचना तथा संचार मन्त्रालयको आदेशमा प्रवन्ध निर्देशक नियुतmी गरेको इञ्जिनियरहरुको आरोप छ । सञ्चालक समितिको नियममा टेलकमको प्रवन्ध निर्देशक नियुतmी अधिकार स्वयम समितीलाई दिइएको छ । तर समितीको उतm अधिकारलाई मिच्दै सूचना तथा सञ्चार मन्त्री डा. मिनेन्द्र रिजालले हस्तक्षेप गरी हिजो बसेको मन्त्रिपरिषद बैठकबाट टेलिकमको एघारौं तहमा कार्यरत चार्टड एकाउन्टेन बुद्धि आचार्यलाई प्रवन्ध निर्देशकमा नियुतmी गराएको बताईएको छ । आचार्य गैरइिन्जजिनियर भएकाले उनको नियुतmी आफुलाई मान्य नहुने भन्दैै आन्दोलनमा उत्रेको टेलिकम इञ्जिनियरहरु भनाइ छ । उनिहरुले आज बिहान साढे आठ बजेदेखि टेलिकम मुख्यालयमा धर्ना बसेका छन् ।