एसिया प्रशान्त क्षेत्रिय बैठक सुरु हँदै

भदौ‌ २०,काठमाडौ-विश्व प्रजातान्त्रिक युवा संघ एसिया प्रशान्त क्षेत्रिय बैठक आजबाट राजधानिमा सुरु हुँदैछ । एमाले निकट युवा संघ नेपालको आयोजनामा संघको एसिया प्यासिक क्षेत्रिय बैठक बस्ने भएको हो । एसिया प्रशान्त क्षेत्रका ३० प्रतिनिधीले भाग लिने सम्मेलनको एमाले अध्यक्ष केपि शर्मा ओलीले अध्यक्षता गर्नु हुने छ । विश्वमा समाजबादी, प्रगतीशिलबाम लोकतान्त्रिक युवा संगठनको अन्तराष्ट्रि सञ्जालका रुपमा यसले आफ्ना गतिविधिलाई अगाडि बढाउँदै आएको राजधानिमा हिजो पत्रकार सम्मेलन गरी जानकारी गराइएको थियो । बैठकमा भाग लिने प्रतिनिधीहरुलाई उपत्यका नजीकै पर्यटन क्षेत्रको भ्रमण समेत गरीईने भएको छ ।