निर्देशन विपरित सभासदको टोली मलेसिया जाँदै

भदौ‌ २०,काठमाड-संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्बाङको निर्देशन विपरीत सातजना सभासद् आज मलेसिया जाँदैछन् । नेम्बाङले संविधानको मस्यौंदा तयार नभएसम्म जिल्ला समेत नजान निर्देशन दिइरहेका बेला अर्थ समितिका सभापति प्रकाश ज्वालाको नेतृत्वमा यी सभासद मलेसिया जान लागेका हुन् । मलेसिया जाने सभासदमा कांग्रेसका कमला पन्त, जगदीश्वरनरसिंह केसी, नेकपा मालेका सीपी मैनाली लगायतका रहनु भएको छ । एमाओवादीले आफ्नो सभासदलाई विदेश जान रोक लगाएको छ । एमाओवादीका शक्ति बस्नेत विदेश जाने टोलीमा भएपनि सचेतक गिरीराजमणि पोखरेलले नजान निर्देशन दिनु भएको थियो । यसैगरी गरी केही सभासद असोजको दोश्रो साता चीन भ्रमणमा जान लागेका छन् ।