मन्त्रीपरिषदद्धारा ६ मुलुकका राजदूत सिफारिस

भदौ १९, काठमाडौँ-सरकारले विभिन्न छ वटा मुलुकमा परराष्ट्र मन्त्रालयका सहसचिवहरूलाई राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले उक्त मन्त्रालयका सहसचिव खगनाथ अधिकारीलाई थाइल्यान्ड, अम्बिकादेवी लुइँटेललाई फ्रान्सका लागि सिफारिश गरेको छ । त्यस्तै कालीप्रसाद पोखरेललाई क्यानडा, यज्ञबहादुर हमाललाई कुवेत, संयुक्त राष्ट्र सङ्घ तथा अन्य अन्तर्राष्ट्रिय सङ्गठनहरूका निम्ति जेनेभास्थित स्थायी नेपाली नियोगमा दीपक धिताल र अमृतबहादुर राईलाई दक्षिण अफ्रिकाका लागि सिफारिस गरेको छ । सरकारको यो सिफारिस संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने प्रावधान छ ।