आत्महत्याको प्रमुख कारण प्रेममा धोका

भदौं १९,भक्तपुर-भक्तपुरमा आत्महत्या गर्नेको संख्यामा १९ प्रतिशतले बृद्धि भएको छ । आजको नागरिक दैनिक लेख्छ, अघिल्लो आर्थिक वर्षमा ४१ जनाले आत्महत्या गरेमा गत आथिएक वर्षमा ५३ जनाले गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । आत्महत्या गर्नेमध्ये झुन्डिएर मर्नेको संख्या अधिक छ । ५३ जनामध्ये ३७ जनाले झन्डिएर आत्महत्या गरेका थिए ।

त्यस्तै विष सेवन गरेर १३, आगो लगाएर एकले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा युवतीको संख्या बढी रहेको डिएसपी श्याम अधिकारीले बताए । उनका अनुसार प्रेममा धोका पाएपछि धेरैले आत्महत्या गरेका हुन।