बिरामी तान्न दलाल

भदौं १९,विराटनगर-क्षेत्रीय स्तरको मानिने कोसी अंचल अस्पतालको बहिरंग विभागका सबै एकाइमा विरलै चिकित्सक हुन्छन् । त्यसैले सम्बद्ध एकाइको पुर्जी नै काटिदैन । त्यहाँ आउन मन नगर्ने चिकित्सकहरु निजी क्लिनिक वा नर्सिङ होममा चाहिँ सजिलै भेटिन्छन् । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

विकास समितिले नियुक्त गरेका २५ र अस्पतालकै दरबन्दीका ५० गरी अस्पतालमा ७५ चिकित्सक हुनुपर्ने हो । तर, धेरै एकाइका सेवा स्वास्थ्थ सहायक र नर्सहरुकै भरमा चलेका छन् । अस्पताल आसपास एक दर्जन साना अस्पताल, तीन दर्जन चिकित्सक र प्याथोलोली ल्याव छन् ।

रोग बिशेषका चिकित्सक नपाई अलमलिने विरामीलाई रिक्सा चालकले नजिकका नर्सिङ होम र क्लिनिक पुर्याइदिन्छन् । त्यस वापत उनीहरुले कमिसन पाउँछन् । अंचल अस्पतालकै नजिक गोल्डेन, रक्षा, श्री, सिटी विराटनगर, ग्रिन लगायतका निजी अस्पताल छन् ।