बल्खुमा विवादका चाङ

भदौ १९, काठमाडौँ -महाधिवेशन भएको दुई महिना नबित्दै सत्ताधारी एमालेमा आन्तरिक विवाद चुलिन थालेको छ ।  महाधिवेशनमा आमने सामने भएका अध्यक्ष केपी शर्मा ओली र माधवकुमार नेपाल पक्षबीच देखिएका विवादका विषयको बल्खुमा चाङ लाग्दै गएको छ ।

पछिल्लो समय ओलीको पार्टीको कोटामा सभासद बनोनित भएका ८ जनाको नाम सिफारिस गर्दा एकलौटी गरेको भन्दै नेपाल पक्ष आक्रामक छ । सोमबार बसेको पदाधिकारी बैठकमा नेता नेपालले पेलेर जान खोजेको भए आफूहरु भिडन तयार भन्दै ओलीलाई चुनौती दिएका थिए ।

आजको नयाँ पत्रिका दैनिक लेख्छ, हामी मिलेर पार्टी संचालन गर्नुपर्छ भन्ने पक्षमा थियौं, तर अध्यक्ष सजिलो बाटो हिडन खोज्नुभएको छैन, यसले उहालाई भारी अप्ठेरो पर्छ सचिव योगेश भट्टराइले भने । त्यस्तै ओेली पक्षका सचिव पृथ्बी सुब्बा गुरुङले केन्द्रीय कमिटी नबसेको तथा पोलिटब्युरो र स्थायी समिति नभएकाले पदाधिकारीको म्यान्डेट