राष्ट्र बैंकले १० लाख डलरको मुद्दा जित्यो

भदौं १९,काठमाडौं-नेपाल राष्ट्र बैंकले अमेरिकास्थित एक बैंकको खातामा रहेको आफ्नो १० लाख अमेरिकी डलर बिना जानकारी झिकिएको सम्बन्धी मुद्दा जितेको छ । आजको नागरिक दैनिक लेख्छ, अमेरिकाको न्युर्योक डिस्टिक्ट अदालतले मंगलबार राष्ट्र बैंकको पक्षमा फैसला गरेको हो । नेपालमा सम्पत्ति सुद्धिकरण सम्बन्धमा चलिरहेको उक्त मुद्दामा न्युर्योकस्थित स्ट्यान्डड चार्टर्ड बैंकले आफ्नो खाताबाट १० लाख डलर भुक्तानी गरिएको भन्दै राष्ट्र बैंकले मुद्दा हालेको थियो । राष्ट्र बैंकका सहायक निर्देशक हरि नेपालका अनुसार करिव ५ वर्ष अघि पर्यटक भिसामा नेपाल आएर चिनियाँ नागरिक लि उले ललितपुर भैसेपाटीस्थित एनबी बैंकको शाखामा खाता खालेका थिए । त्यही खातामा अमेरिकाको चेज बैंकबाट उनको नाममा १० लाख डलर जम्मा भएको थियो ।