निर्धारित समयमानै सहमति जुटाउने पूर्व प्रमहरुको प्रतिबद्धता

भदौ १८, दोलखा-मुलुकका तीन जना पूर्व प्रधानमन्त्री एवं शिर्ष दलका शीर्ष नेताहरुले निर्धारित समयमानै संविधानका विवादित बिषयमा सहमति जुटाई सक्ने प्रतिबद्धता जनाएका छन् । दोलखाको चरिकोटमा आयोजीत एक कार्यक्रमलाई सम्वोधनगर्दै पूर्व प्रधानमन्त्रीहरु त्रय शेरबहादुर देउवा, झलनाथ खनाल र पुष्पकमल दाहाल प्रचण्डले राज्यपुनर्संरचना, शासकीय स्वरुप र निर्वाचन प्रणालीका बारेमा भोलि  बेलुकासम्म सहमति जुटाउने सामूहिक प्रतिबद्धता जनाएका हुन् ।

संविधानसभाको कार्यतालिका अनुसार अबको तीन दिन भित्र सवै बिषयमा सहमति जुटाई सक्नुपर्नेभन्दै दलहरुवीच घनिभुत छलफल चलिरहेकाले भदौ २१ गते भित्रै सहमति जुटाउने तीनै जनाले प्रतिवद्धता व्यक्त गरे । काँग्रेस बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सबैको भावनाको कदर हुने गरी संविधान बनाउनुपर्ने बताउँदै पत्रकारले लेख्ने, बाोल्ने र आलोचना गर्न पाउनेगरी प्रेसस्वतनत्रतामौत्री संविधान जारी गर्नमा आफूले पहल गर्ने धारणा राखेका थिए ।

त्यस्तै एमाओवादीका अध्यक्ष प्रचण्डले भोलि दिनभरि तीन दलको बैठक बस्ने र मूल विवादित बिषयमा साझा सहमति खोज्ने जानकारी दिए । पहिचान र सामथ्र्यका आधारमा सबै वर्ग र समुदायलाई मान्य हुने राज्यको पुनरसंरचना गर्नु पर्ने प्रचण्डको भनाई छ ।

नेकपा एमालेका बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले कार्यतालिका अनुसार संविधान निर्माणको विकल्प नभएको भन्दै माघ ८ मै संविधान जारी हुने विश्वास व्यक्त गरेका छन् ।  संविधानका विवादित विषयमा सहमति जुटाउन ठुलो समस्या नरहेको भन्दै कार्यतालिका परिवर्तन नगरिकन संविधान बनाउनुपर्ने खनालको भनाइ  छ ।