गोलमेच सम्मेलनबाट संविधान जारी असम्भव: गौतम

भदौ १८, काठमाडौ-नेकपा एमालेका कार्यवाहक अध्यक्ष एवम् गृहमन्त्री बामदेब गौतमले नेकपा–माओवादीले भने जस्तो सर्वपक्षीय गोलमेच सम्मेलनबाट संविधान जारी गर्न नसकिने बताएका छन् । राजधानीमा आयोजीत एक कार्यक्रममा बोल्दै मन्त्री गौतमले संविधानका अन्र्तबस्तुमा सहमति खोज्न सर्वपक्षीय सम्मेलन गर्न सकिने तर त्यसपछि संविधान भने संविधानसभाले नै जारी गर्ने बताए । संविधान सभाभन्दा बाहिर गएर कुनै पनि काम गर्न नसकिने गौतमको भनाई छ । गृहमन्त्री गौतमले प्रमुख तीन दलका शिर्ष नेताहरुले पालै–पालो नेतृत्व गर्नेगरि संविधान निर्माण र शान्ति प्रक्रियामा सहजीकरण गर्ने म्याण्डेड सहित उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने सहमति भईसके पनि एमाओवादीले संसद बैठक अवरुद्ध गरिरहेको प्रति आक्रोश व्यतm गरेका थिए ।