असहमतिका बुँदामा काँग्रेस-एमाले सहमति नजिक

भदौ १८, काठमाडौ-संविधान निर्माणका क्रममा देखिएका असहमतिका बुँदामा सत्तारुढ दुई प्रमुख दल नेपाली काँग्रेस र नेकपा एमाले  सहमति नजिक पुगेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको दुई दलका शीर्ष नेताहरूको बैठकमा नयाँ संविधानका असहमतिका अन्तरवस्तुमा दुई दल सहमतिको नजिक पुगेको नेताहरूले बताएका छन् । बैठकमा दुई प्रमुख दल संविधान निर्माणमा देखिएका असहमतिका प्रमुख विषयहरू राज्यको पुनःसरचना र सङ्घीयताको स्वरुप, निर्वाचन प्रणाली, शासकीय स्वरुप, न्याय प्रणालीलगायतका विषयमा नजिक पुगेको एमाले नेता भिम रावलले जानकारी दिए ।

दुई दल सहमति नजिक पुगेको जानकारी गराउँदै प्रवक्ता बडूले साझा निष्कर्षमाथि अन्य दलका पनि जुटाई संविधान निर्माणको निर्धारित कार्यतालिकाअनुसार नै संविधान निर्माणको कार्य अघि बढाउने सहमति भएको बताए । संविधान निर्माणको निर्धारित तालिका यही भदौ २१ गतेभित्र सहमति खोज्न काँग्रेस र एमाले सहमति नजिक पुगेको र त्यसपछि अन्य दलसँग पनि त्यसैगरी सहमति गरेर माघ ८ गतेभित्र नयाँ संविधान निर्माण जारी गरिने एमाले नेता अमृतकुमार बोहराले बताए ।