थ्रीस्टार एन्फा कपबाट बाहिरियो, एपिएफ सेमिफाईनल प्रवेश

भदौ १८, काठमाडौ-उपाधि दाबेदार थ्रीस्टार क्लब पनि राजधानीमा जारी एन्फा कप नकआउट फुटबल प्रतियोगिताबाट बाहिरिएको छ । आज भएको खेलमा सशस्त्र प्रहरिको एपिफसंग १—० ले पराजित भएपछि थ्री स्टार पहिलो खेलबाटै बाहिरिएको हो । दशरथ रङगशालामा भएको खेलको थप गरिएको अन्तिम मिनेटमा एपिएफका रञ्जन बिष्टले निर्णायक गोल गरेका थिए । आजको खेल जित्दै एपिएफ भने सेमिफाईनलमा प्रवेश गरेको छ । अर्को बलियो टोली मनाङ मस्र्याङदी पनि हिजो झापासंग पराजित हुदै प्रतियोगिताबाट बाहिरिसकेको छ ।