नेपाल टेलिकमको मोवाइल नेटवर्कमा समस्या

भदौ १८, काठमाडौ-ललितपुर र काठमाडौंका केही स्थानमा आज नेपाल टेलिकमको मोवाइल नेटवर्कमा समस्या देखिएको छ । ललितपुरको पुल्चोक, जावलाखेल, झम्सिखेल, पाटन, सातदोवाटो, एकान्तकुना, कुसुन्ती लगायतका स्थानमा टेलिकमको नेटवर्कमा समस्या देखिएको टेलिकमले जनाएको छ ।

यस्तै काठमाडौका अधिकांश भागमा पनि नेटवर्कमा समस्या देखिएको टेलिकमका सूचना शाखाले जनाएको छ । बालुवाटार, वागबजार, ज्ञानेश्वर , अनामनगर लगायतका क्षेत्रमा पनि समस्या छ । यी स्थानबाट पनि नेटवर्कमा समस्या आएको टेलिकमका ग्राहकहरुले  बताएका छन् । समस्या पहिचान गर्ने काम भइरहेको टेलिकमले बताएको छ ।