पुरानै अडान कायम राख्दै विपक्षीद्धारा सदन अवरुद्ध

भदौ १८, काठमाडौ-विपीाीको अवरोधका कारण व्यवस्थापिका–संसद्को आजको बैठक पनि प्रभावित भएको छ । विगतमा भएको ४ बुँदै सहमती, उच्च स्तरीय राजनीतिक संयन्त्रको गठन लगायतका माग राख्दै आएको एमाओवादी सहितका दलहरुका कारण आजको बैठक पनि अबरुद्ध भएको हो ।

निर्धारित समयभन्दा करिब आधा घण्टा ढिलो गरी सुरु भएकोे बैठक सुरु हुने वित्तिकै विपक्षी दलहरूले विरोध जनाएपछि सभामुख सुवासचन्द्र नेम्वाङले सद्भावना पार्टीका लक्ष्मणलाल कर्णलाई बोल्ने समय दिएका थिए ।

सांसद कर्णले गत पुस ९ गते प्रमुख राजनीतिक दलहरूबीच भएको चारबुँदे सहमति किन कार्यान्वयन हुन नसकेको हो भनी प्रश्न गर्दै सो सहमति कार्यान्वयन नहँुदासम्म सदन चल्न नसक्ने धारणा राखेका थिए ।

प्रतिपक्षी दलकै मागबमोजिम राहत वितरणको संयन्त्र बनाइएको भए पनि बाढीपहिरो प्रभावित क्षेत्रमा सरकारी पक्षका सांसदलाई मात्रै उपस्थित गराइएको, प्रतिपक्षी दलका सभासद्लाई सहभागी नगराइएको भन्दै साँसद कर्णले आपत्ति प्रकट गरेका थिए । आफूहरू सदन रोक्ने पक्षमा नरहेको उल्लेख गर्दै उनले सरकार नै सदनलाई खुलाउने पक्षमा नरहेको जस्तो देखिएको तर्क गरेका थिए ।