आत्महत्या २९ प्रतिशतले वृद्धि, एक वर्षमा ५३ जनाद्धारा आत्महत्या

भदौ १८, भक्तपुर-भक्तपुरमा आत्महत्या गर्नेको सङ्ख्यामा २९ प्रतिशतले वृद्धि भएको पाइएको छ ।     अघिल्लो आर्थिक वर्ष २०६९÷७० मा ४१ जनाले आत्महत्या गरेकामा गत आवमा ५३ जनाले आत्महत्या गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ । आत्महत्या गर्नेमध्ये झुन्डिएर मर्नेको सङ्ख्या अधिक रहेको छ । ५३ जनामध्ये ३७ जनाले झुन्डिएर आत्महत्या गरेका थिए ।      त्यस्तै विष सेवन गरेर १३, आगो लगाएर एक, औजार प्रयोग गरेर एक र हाम फालेर एकजनाले ज्यान फालेको परिसरले जनाएको छ । आत्महत्या गर्नेमा युवतीको सङ्ख्या बढी भएको परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्याम अधिकारीले बताउनुभयो । विशेषगरी १५ देखि २० वर्ष उमेर समूहका युवतीले आत्महत्या गरेको पाइन्छ– उहाँले भन्नुभयो, “यो सम्वेदनशील विषय हो यसको निराकरण गर्न आवश्यक छ । अनुसन्धानका क्रममा आत्महत्याको प्रमुख कारणमा प्रेममा धोका भएको पाइएको अधिकारीले बताउनुभयो । त्यससँगै आर्थिक कारणले पनि आत्महत्या गरेको पाइएको छ ।