नेशनल ट्रेडिङमा आगलागी, ५० करोडको क्षती

भदौ १८ ,  वीरगंज- वीरगंज भन्सार स्थित  नेशनल ट्रेडिङको गोदाममा भएको आगलागी भएको ८ घण्टा पछि नियन्त्रणमा आएको छ । आज बिहान पौने २ बजे  लागेको आगो  नेपाली सेना, प्रहरी र स्थानीयको पहलमा नियन्त्रणमा आएको बीरगंज प्रहरीले जनाएको छ ।

आगो नियन्त्रणका लागि बीरगंज कलैया हेटौंडा र अमलेखगंजको बारुणयन्त्र र बारा पार्सामा रहेका एक्साभेटरहरुको परिचालन गरिएको थियो । बिजुली सर्ट भएर आगो लागेको प्रारम्भिक अनुमान छ । आगलागी बाट भएको क्षतीको यकिन हुन नसके पनि ५० करोड रुपैयाँ बराबरको  क्षतीको अनुमान गरिएको प्रहरीको प्रारम्भिक अनुमान छ ।